१८० नयाँ संक्रमित थपिए, एक जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ३४१ परीक्षणमा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार संक्रमणबाट एक जनाको ज्यान गएको छ।

यस्तै, ४०० जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री