एमसीसी अनुमोदनको विरोधमा नेपाल बन्द घोषणा

काठमाडौं । सरकारले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराएको विरोधमा आज ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।

एमसीसी एकै दिन प्रतिनिधि सभाका दुइटा बैठक राखेर आइतबार राति संसदबाट बहुमतले पारित गरिएको हो । त्यसको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित संसद बाहिरका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आजका लागि ‘नेपाल बन्द’ आह्वान गरेका हुन् ।

हेर्नुस् विज्ञप्ति :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री