बनेपाको ढुङ्गाखानीमा पहिरो : टिपर चालकको गयो ज्यान, दुई जना घाइते

काठमाडाैँ । काभ्रेको बनेपास्थित ढुङ्गाखानीमा पहिरो जाँदा टिपर चालकको ज्यान गएको छ । आइतबार दिउँसो बनेपा नगरपालिका-१४ आशापुरी खनिज उद्योगमा पहिरो जाँदा टिपर चालक रामेछाप दोरम्बा गाउँपालिकाका ३२ वर्षीय श्याम मगरको ज्यान गएको हो ।

माथिबाट आएको पहिरोसहितको ढुङ्गाले टिपरसहित च्यापिँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् । घाइते समीर तामाङ र अर्जुन सार्कीको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको एसपी चक्रराज जोशीले जानकारी दिए ।

पहिरोमा दुई वटा स्काभेटर र चार वटा टिपर पुरिएको प्रहरीले जनाएको छ । तलबाट स्काभेटर र डोजरले ढुङ्गा निकाल्दै गर्दा पहिरो गएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस