बाहिरियो पश्चिमी वायु, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली (वर्षा/हिमपात गराउने मौसमी प्रणाली) नेपालबाट बाहिरिएको मौसमविद्ले जानकारी दिएका छन् । आइतबार साँझसम्म नेपालमा यसको सामान्य प्रभाव परिरहेको थियो ।

अहिले पहाडी भू-भागमा आंशिक बदली छ । अरू भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अरू भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नम्बर-१ तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति देशका पहाडी भू-भागमा आंशिक बदली तथा अरू भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस