बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो।

प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ। यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after