सहकारीका लागि १६ प्रतिशत ब्याजदर आजदेखि लागू

सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ।

सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, ०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ।

सूचनामा सबै सहकारी सङ्घसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरि बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरि र बचत तथा ऋणको कारोबार गर्ने सबै सङ्घसंस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ एक प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरि सन्दर्भ ब्याजदर लागू गर्ने व्यवस्था गरिएको छ।

तोकिएको सन्दर्भ व्याजदर सहकारी सङ्घसंस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासङ्घ तथा केन्द्रीय विषयगत सङ्घबाट पालनाको अनुगमन गर्दा सहकारी कानून बमोजिम हुने विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after