१५५ काेराेना संक्रमित थपिए, ५४० जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा १५५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५५ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५४० जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप २ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ८३९ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री