बाबुरामले गरे पूर्व मुख्यसचिव पौडेललाई प्रश्न- आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लीलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् ।

पूर्वराजदुत समेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अर्थ सचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरुलाई पैसा बाँडेको टिप्पणी गरेका थिए । पौडेल अहिले नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् ।

सोही टिप्पणीप्रति संकेत गर्दै डा. भट्टराईले उनलाई गम्भीर बन्न समेत आग्रह गरेका छन् । ‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूवीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने? सबै गम्भीर बनौं!,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

पचास करोड अमेरिकी डलरको एमसीसीलाई लिएर अहिले देश भित्र जनमत विभाजित बनेको छ । एमसीसीकै कारण सत्तारुढ दलहरुबीच मतभेद बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस