दुर्घटनामा घाइते वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

काठमाडाैँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । काठमाडौँको न्युरो अस्पतालमा उपचाररत वडाध्यक्ष कार्कीको शुक्रबार राति मृत्यु भएको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री