वैदेशिक रोजगारीमा जानेको पिसीआर परीक्षण निःशुल्क

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए।

अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरूका लागि निःशुल्क पिसीआर परीक्षण हुने उनले बताए। तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर, ४० प्रतिशतसम्म छुट

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds