प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो

शुक्रबारका लागि बोलाएको प्रतिनिधिसभाको बैठक आइतबार बस्ने गरि सारिएको छ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो।

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियाे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य