फाइल फाेटाे

नेपालमा १० लाख २० हजारले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन्।

मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन्। यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन्। हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस