एमसीसीकै कारण गठबन्धन फुट्न सक्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन्।

सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्न, एमसीसी अनुमोदन गर्न सहयोग गर्न एमाले नेतासँग आग्रह गरेका महामन्त्री थापाले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस