शेयर बजार : ५८ दशमलव ९९ अंकले घट्यो नेप्से

बिहीबार शेयर बजार उच्च अंकले घटेको छ। बुधबार १५ दशमलव ५० अंकले घटेको बजार आज ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६६१ दशमलव ४४ बिन्दुमा झरेको छ।

बिहीबार २२९ वटा धितोपत्रको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बिहीबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव १ प्रतिशतले घटेको हो।

बिहीबार हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावरको २६ करोड ९७ लाख १६ हजार ४१७ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो, १७.६ महिनाको आयात धान्ने

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ …

प्रतिकृया दिनुहॊस