हिंसात्मक गतिविधि नगर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले विगत केही दिनयता हिंसाजन्य गतिविधि भइरहेकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ।

हिंसाजन्य गतिविधि नगर्न र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न मन्त्रालयले निर्देशन दिएको हो।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। यस्ता घटनाको छानबिन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘हिंसात्मक कार्यको नेपाल सरकार भत्सर्ना गर्दछ। त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानविनको क्रममा रहेका छन्। यस्ता प्रकृतिका घट्नाको नेपाल सरकार गम्भिरतापूर्वक निगरानी गरिरहेको छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस