बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

काठमाडाैँ  । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता विसी रहेकी छन् । शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बि.सि च्यापिएकी थिइन् ।

घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य