प्रस्तावित प्रधानन्यायाधीश जोशीको एसएलसी प्रमाणपत्र शंकास्पद , सिम्बोल नम्बर अर्कैको नाममा

काठमाडौं ।  प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सक्कली रहेको भनेर संसदीय सुनुवाई विशेष समितिलाई जवाफ दिए पनि तिथिमितिमा केही गडबडी देखिएको छ । जोशीले बिहीबार सुनुवाईका क्रममा एसएलसीको प्रमाणपत्र एउटै र सक्कली रहेको फोटोकपी पेस गरेका थिए ।

सनुवाइ समितिका सदस्यहरूका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएको छ । उक्त सिम्बोल नम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ।

जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ। त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन्।

पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ। नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री