एमसीसी संसद् बैठकमा पेस गर्ने भएपछि सांसदहरूद्वारा चर्काे विरोध

एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्काे विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका हुन् ।

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए। उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए।

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाएका छन्। सांसद दुर्गा पाैडेलले पनि यसकाे विराेध गरिन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस