उत्तरी भारतमा एक विवाह समारोहका क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ।
उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए।
जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताएका छन् गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताएका छन्। स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उनले ट्वीटमार्फत बताएका हुन्।एजेन्सी
प्रतिकृया दिनुहॊस