काठमाडाै । मुक्तिनाथ विकास बैंक लिले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ । बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान
सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत श्री तिल बहादुर गुरुङ्ग, मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्दक प्रवीण के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको वताएकाे छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको VISA Network बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।




