चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ।

भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।

बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो।

सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस