काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले ‘केएसबीबीएल केअर’ ९ फेब्रअरी २०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्टुमर डे’कार्यक्रम मार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उत्तरोत्तर प्रगतिमा निरन्तर साथ र सहयोग प्रदान गरेकोमा सम्पूर्ण ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरूका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै निरन्तर सेवाहरूमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका छन् ।



