प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ७ प्रतिशत लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र ०.३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य