जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन दिने मंगलबार (आज) अन्तिम दिन रहेको छ ।

माघ २१ गतेदेखि निष्काशन तथा विक्री खुल्ला गरेको आईपिओमा आवेदन दिने आज (बैकिङ समय पश्चात) अन्तिम दिन रहेको हो। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपिओ जारी गरेको थियो ।

लघुवित्तले निष्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस