स्थानीय तहको निर्वाचन नगर्ने चलखेल भएकाे भन्दै राष्ट्रिय युवा संघद्वारा विराेध प्रदर्शन

एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार साँझ धकधईमा विरोध प्रदर्शन गरेको छ। मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ।

धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए।

विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री