ग्रीन भेन्चर्सले आयोजना प्रभावितका लागि ३१ लाख कित्ता आईपिओ निष्कासन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्ने भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि लागि विक्री खुल्ला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिशेयर रू. १०० अंकित दरका उक्त कित्ता आईपीओ विक्री गर्न लागेको हो।

उक्त आईपीओमा लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिने समय छिटोमा फागुन १६ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म रहेको छ।

आईपीओ खरिदका लागि विभिन्न बैँकका शाखाबाट तथा सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ।

यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप