कृपा पौडेलले जितिन् ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को उपाधि

काठमाडौं । सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको उपाधि कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्प्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् ।

उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् । फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए । आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेल फाइनलमा पुगेका थिए ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्प्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए । १५ जना ग्रान्ड जुरी थिए । प्रतिस्पर्धामा नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषी सहभागी भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य