काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखरामा रहेको होटेल ड्यानडलियनबीच व्यवसायिक सम्झौतामा भएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले होटल ड्यानडलियनका सेवाहरु (बसाइँ, बेड र ब्रेकफास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधा) मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ सेवाहरु घरबाटै लिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




