निगमको दोस्रो वाइड बडी ‘मकालु’ पनि आइपुग्यो

काठमाडौं ।   नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ । उक्त एयरबसलाई ‘मकालु’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइसकेको छ ।

निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप