बिहीबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि बुधबार छापावाल सुन ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १२५५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बुधबार पनि चाँदी तोलाको १२५५ मा नै कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य