सत्ता गठबन्धनकै बाबुराम भट्टराईले पनि गरे सभामुख सापकोटाको विरोध

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धनभित्र विवाद चर्किंदै जाने लक्षण देखिएको छ । यस क्रममा सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमसीसी अड्काउने दल र नेताहरूविरुद्ध निरन्तर टिप्पणी गरिरहेका छन् ।

डा. भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको पनि विरोध गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका माधव नेपाल, रामकुमारी झाँक्रीलगायत १४ सांसदलाई पदबाट नहटाएको भन्दै लगातार प्रतिनिधि सभाको बैठक अवरोध गरेर सभामुख सापकोटाको आलोचना गरिरहेको छ । त्यसो त एमालेले एमसीसीका सन्दर्भमा पनि सभामुखले सदनमा प्रस्तुत हुन रोक्न नमिल्ने बताइरहेको छ । यही मेलोमा सत्ता पक्षकै नेता डा. भट्टराई पनि थपिएका हुन् ।

एमसीसी सदनमा प्रस्तुत हुन नदिएको भन्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले सभामुख सापकोटाको आलोचना गरेका हुन् । ‘हलो अड्काएर गोरु चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु विडम्बनापूणर् छ’, डा. भट्टराईले बुधबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रमुख प्रतिपक्षले संसद चल्न नदिने, सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ? जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री