काठमाडाैँ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान-११ बस्ने ६३ वर्षीय र धरान १० बस्ने ५८ वर्षीय पुरुष तथा धरान ८ की ५२ वर्षीया महिलाको संक्रमणको कारण मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार मृतक ६३ वर्षीय पुरुषले कारोनाविरुद्धको खोप लगाएका थिएनन् । बाँकी दुई मृतकले भने खोप लगाएको पाइएको छ ।
मृतक तीनै जनामा मिर्गौला, उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
तपाईंको प्रतिकृया




