पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८२ वटा नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार ६ हजार ४९९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २०५ जनामा र ५ हजार ८३ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ६९ हजार २९१ रहेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् भने मृत्यु १२ जनाको भएको छ।
तपाईंको प्रतिकृया




