गठबन्धन टुटाउने प्रयास भइरहेको छ तर सम्भव छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका हुन् । उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिष्पर्धा गर्ने बताए ।

अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिवद्धता भएको बताए।

अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकाले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्नस्वरुपहरु देख्न पाइने बताए ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गुल्मीस्थित नेपाल टेलिकमको टावरमा आगलागी

काठमाडौँ । सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ …

प्रतिकृया दिनुहॊस