काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ४ सयले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि आइतबार छापावाल सुन ९२ हजार २ सयमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै सोमबार चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलाको १२५० मा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




