सुनचाँदीकाे मूल्य घट्याे

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार ४०० ले घट्दै प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे छ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला १५ रूपैयाँ घट्दै एक हजार २५० रुपैयाँमा कारोबार भएको हाे। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको थियाे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन गरिएको छ। १४, …

प्रतिकृया दिनुहॊस