एमाले र माओवादी केन्द्रको एकता टुटाउने ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्काशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भङ्ग गराउने हतियार बनेको नेकपाका अध्यक्ष कट्टेल आफ्नै पार्टीबाट निष्कासित भएका हुन् ।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्य समेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका छन् । सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरीत कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले यही माघ ५ गते जाँचबुझ समिति गठन गरी अध्यक्ष कट्टेलसँग स्पष्टीकरण मागेको थियो। तर उनले स्पष्टीकरण दिएनन् । उनै कट्टेलले आफ्नो पार्टी ९नेकपा० सँग नाम जुधाएर निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्दै सर्वोच्च अदालत हालेको मुद्दामा फैसला हुँदा उनको पार्टीलाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भङ्ग गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, बहिष्कारको तयारीमा कांग्रेस

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । वैशाख ६ गते …

प्रतिकृया दिनुहॊस

This will auto close after