पाकिस्तानमा मतदान केन्द्र नजिक विस्फोट, २७ को मृत्यु

पाकिस्तान । पाकिस्तानमा राष्ट्रिय र प्रदेशीय मतदान जारी रहँदा क्वेटाको मतदान केन्द्र नजिकै भएको विस्फोटमा परि २७  जनाको मृत्यु भएको छ । क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।

घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेमा प्रहरी पनि रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप