नेपालमा थपिए ६ हजार ८२७ संक्रमित, ५ हजार ४३२ जना निकाे भए

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ वटा नमुना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १३ हजार ७९१ जनामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८९ हजार ९४१ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना डिस्चार्ज भएका छन् भने मृत्यु १० जनाको भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धमला पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ …

प्रतिकृया दिनुहॊस