फाइल फोटो

काठमाडौँमा आफ्नै घरभित्र दम्पती मृत भेटिए

काठमाडौँ । काठमाडौँमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन् । काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रमुख प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिएकी छन् । घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन् ।

बिहान उनका सुनिलले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली घटनास्थल पुगेकाे थियाे । ‘वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिन्छ’, प्रहरी निरीक्षक खरेलले भनिन् । थिङ दम्पतीका छोरा भने सकुशल छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस