बालाजुमा ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्याँस बुलेटले च्याप्दा एक चालकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्याँस बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्याँस बुलेटमा उनी च्यापिएका थिए ।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य