सुनको भाउ ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस