सुनको भाउ ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री