भारतमा एकैदिन ३ लाख ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

एजेन्सी । भारतमा पछिल्लाे २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ७०३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २० लाख १८ हजार ८२५ रहेको छ । भारतमा ओमिक्राेन भेरियन्टबाट संक्रमित हुनेकाे संख्या ९ हजार ६९२ पुगेकाे छ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ८२ लाख १८ हजार ७७३ पुगेको छ भने हालसम्म चार लाख ८७ हजार ६९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा ४८.८५ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस