बेलायतमा अब मास्क लाउन नपर्ने, स्कुल, कार्यालय, बजार सबै खुल्ने

एजेन्सी । बेलायतमा बुधबार एक लाख आठ हजार मानिसमा कोरोना संक्रमण भयो। त्यही दिन तीन सय ५९ जना संक्रमितले ज्यान गुमाए। संक्रमणको अवस्था यस्तो भएका बेला बेलायती प्रधान मन्त्री बोरिस जोन्सनले भने हाउस अफ कमन्समा एउटा घोषणा गरे।

उनले आउने सातादेखि कोरोना भाइरस संक्रमण रोक्न लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा गर्ने बताए। त्यहाँ अब स्कुल, कार्यालय, बजार, सार्वजनिक स्थलहरू सबै खुल्ने भएका छन्। बाटोमा हिँड्दा मास्क लगाउनुपर्ने नियम पनि हटाइनेछ। बिबिसीका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण यसअघि नै उच्च विन्दुमा पुगिसकेको भन्दै बोरिसले जनवरी २७ देखि जनजीवन सामान्य बनाउने बताएका हुन्।

जोन्सनका अनुसार जनवरी २७ देखि सार्वजनिक स्थानहरूमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाइनेछ। विद्यार्थीहरूले कक्षाकोठामा बस्दा मास्क लगाउनुपर्ने नियम त आजैदेखि हटाइएको छ। अब वर्क फ्रम होम निर्देशिका पनि लागू हुने छैन। मानिसहरू कार्यालयमा आएर काम गर्न सक्नेछन्। सार्वजनिक स्थानमा प्रवेशका लागि पूर्ण खोप लगाएको प्रमाणपत्र वा केही समयअघि मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउनुपर्ने नियम पनि हटाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री