स्वास्थ्य मापदण्ड पालना नभएकाे भए त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।

मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्।

परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर एथेष्ट मात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि प्रधानमन्त्रीले मुख्यसचिवलाई निर्देशन दिएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस