माइ पे बाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्मकाे क्यासब्याक

काठमाडाैं । माइ पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुरु गरेको छ । याे सुविधा अन्तर्गत नेपालभित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजारसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

वालेटले यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याकभन्दा धेरै रहेको वताएकाे छ । हाल यस माइ पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजारभन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

साथमा हरेक दिन माइ पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि रहेको माइ पे ले जानकारी दिएको छ । उक्त क्यासब्याक प्राप्त गर्न ग्राहकहरुले माइ पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् । यसका साथै माइ पे काे अनुसार वालेट मार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम १०० सम्म क्यासब्याक समेत प्राप्त गर्न सकिने  पनि कम्पनीले वताएकाे छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस