आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलामा १ सयले बढेर ९२ हजार ५०० पुगेको छ ।

यस अघि आइतबार सुन तोलाको ९२ हजार ४०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ५५ पुगेको महासंघले जानकारी दिएको छ । यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री