भीम रावलको आशंकाः ललिता निवास प्रकरण फासफुस गर्ने चाल त छैन ?

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले ललिता निवास प्रकरणको मुद्धा सरकार वकिलले फेरी प्रहरीलाई नै फिर्ता गरेपछी आशंका बढेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन रु भन्दै प्रश्न गरेका हुन् ।

उनले अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्ने बताउदै अन्यथा, सरकार अपराधको मतियार ठहरिने दाबि गरेका छन् ।

उनले भनेका छन्-

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन रु अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो,खुलस्त गर्नुपर्छ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री