धादिङको रुबीभ्यालीमा पहिरो, डोजरसहित ३ जना बेपत्ता

काठमाडौँ – धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

वेपत्ता हुनेहरुमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण नआएको र उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको पनि एसपी सिंहले जानकारी दिए।

सेर्तुङ प्रहरी चौकीबाट घटनास्थल चार घण्टाको पैदल दुरीमा पर्ने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री