महालक्ष्मी विकास बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको  तर्फबाट  प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।

बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।

उक्त सेवाको लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिनु पर्नेछ । साथै, बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री